सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय सामाजिक कार्य विभागले पश्चिम सुर्खेतमा रहेको जाजुरा दहमा दुई दिने बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
हाम्रो सम्पदा, हाम्रो दायित्व भन्ने मुल नाराका साथ मध्यपश्चिम विश्वविद्यालय सामाजिक कार्य विभागको आयोजना साथै नेपाल युवा परिषद्को सहकार्यमा पन्चपुरी नगरपालिकामा पर्ने जाजुरा दहमा बृहत सरसफाई कार्यक्रम गरेको हो ।
मध्यपश्चिम विश्वविद्यालय सामाजिक कार्य विभागका विद्यार्थीहरुको सक्रिय सहभागितामा जाजुरा दह सरसफाई गरिएको हो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दह सरसफाई गरिएको मप विश्वविद्यालय सामाजिक कार्य विभागले जनाएको छ ।
विद्यार्थीहरुलाई सामाजिक कार्यमा संलग्नता गराउने साथै आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने ध्ययका साथ दह सरसफाई कार्यक्रम आयोजना गरिएको मप विश्वविद्यालय सामाजिक कार्य विभाग प्रमुख खगेन्द्र अधिकारीले जनाए । पर्यटकिय स्थलको रुपमा निकै नै सम्भावना बोकेको जाजुरा दह प्रचारप्रसार र सरसफाईको कमिले ओझेल परेको अधिकारीको भनाई छ । दह वरपरको क्षेत्रलाई सुन्दर बनाउन विद्यार्थी जुटे संगै सरसफाइमा लाग्न सबैलाई हौसला प्रदान गरेको छ ।
यता, पन्चपुरी नगरपालिका प्रमुख लालविर भण्डारीले नगरपालिकाले गर्ने काम मप विश्वविद्यालय सामाजिक कार्य विभागका विद्यार्थीहरुले गरेकोमा आभार प्रकट गरेका छन् । उनले यो कार्यक्रमले दहको आकर्षणमा थप टेवा पुगेको बताए । उनले पूर्वाधार र प्रचारप्रसार गर्नसके जाजुरा दह आन्तरिक पर्यटकहरुको पर्यटकिय गन्तव्य बन्न सक्ने दावी समेत गरेका छन् ।
अत्याधिक फोहोरले भरिएको दहक्षेत्रमा विद्यार्थीहरुको बाक्लो उपस्थितिमा सरसफाइ गरिएको हो । दुई दिन लगाएर गरिएको सरसफाइले दहको सुन्दरता समेत बढेको छ ।
फ्याक्ट सञ्चार । २०८१ बैशाख १३ गते बिहिवार