ब्रीज कोर्षमा उत्कृष्ट हुने विद्यार्थीलाई न्यु मिरर ईन्स्टिच्युटले गर्यो पुरस्कार प्रदान

सुर्खेत । सुर्खेतमा रहेको न्यु मिरर कम्प्युटर ईन्स्टिच्युट एण्ड ट्रेनिङ्ग सेन्टरले एसईई पछिको तयारी कक्षा परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ ।

बिहीवार न्यु मिरर कम्प्युटर ईन्स्टिच्युट एण्ड ट्रेनिङ्ग सेन्टरले एसईई पछिको तयारी कक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुबाट उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको हो ।

पुरस्कार प्रथम स्थान हासिल गर्ने बेद प्रसाद आचार्यलाई रु १ लाख, दोस्रो स्थान हासिल गर्ने बिपिन सुबेदीलाई रु ५० हजार र तेस्रो स्थान हासिल गर्ने धिरज भण्डारीलाई २५ हजार नगद रासी प्रदान गरेको न्यु मिरर ईन्स्टिच्युटका संचालक मनोज एमसीले जनाए ।

एसईई परिक्षा दिएर न्यु मिरर ईन्स्टिच्युटमा ब्रीज कोर्ष अध्ययन गरिरहेका विद्यार्थीहरुको आन्तरिक नक्कल परिक्षा गरेर प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको हो । परिक्षामा १ सय ४६ जना विद्यार्थी सहभागी भएका थिए ।

जेहेन्दार, मेहनत गर्ने विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले पुरस्कार दिने गरेको न्यु मिरर ईन्स्टिच्युटले जनाएको छ।

यस्तै, पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि मोटे ग्याङ्ग नेपालमा संचालक कुमार शमशेर थपाले यो पुरस्कारले विद्यार्थीहरुको उज्ज्वल भविष्यको लागि हौसला प्रदान गर्ने प्रमुख बाटो भएको बताउदै सम्पुर्ण विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गरेका छन् ।

साथै, न्यु मिरर कम्प्युटर ईन्स्टिच्युट एण्ड ट्रेनिङ्ग सेन्टरले सुर्खेतमा रहेको डिभि निकेतन विद्यालयमा प्लस टु मा अध्ययन गर्ने विद्यार्थीहरुलाई यो शैक्षिक सत्रमा ८ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा समेत गरेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया