सुर्खेत । सुर्खेतमा सोसेक नेपालले विद्यमान सामाजिक समस्या न्युनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।
आइतबार वीरेन्द्रनगर वडा न. ५ मा सोसेक नेपाल अन्तरगत सशक्त महिला समृद्ध नेपाल परियोजनाले लैंगिक समानता तथा समाजमा रहेका समस्याहरुको विषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
समाजमा रहेका समस्याहरु केलाएर तिनको न्युनिकरण गर्ने उपाय बारे छलफल गर्न यो कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
ज्ञान नहुदा, अशिक्षा लगायत अगुवाहरुले समयमा ज्ञान दिन नसक्दा विभिन्न खाले हिंसा हुने गरेको बताउदै यस्को न्यूनीकरणका लागि अगुवाहरु, प्रभावसाली व्यक्तित्वहरुले समयमा समस्या पहिचान गरि न्यूनीकरणको बाटो अपनाउन पर्ने बौद्दिक सनातन धर्मसेवा समितिका अध्यक्ष दुर्गा प्रसाद गौलिले बताए ।
यो परियोजनाले वीरेन्द्रनगर नगरपालिकाका १ देखि ५ नं वडा सम्म लैंगिक समानता विषय र विद्यालयहरुमा रुपान्तरण कक्षाहरु विगत लामो समय देखि सच्चालनमा गर्दै आएको सोसेक नेपाल अन्तरगत सशक्त महिला समृद्ध नेपाल परियोजनाको फिल्ड अधिकृत विनिता बोगटिले बताईन् ।
कार्यक्रममा समाजका बौद्धिक व्यक्तित्व, नागरिक समाज,धार्मिक अगुवाहरु, प्रभावसाली नेताहरु, सामाजिक अभियान्ता लगायत उपस्थिति रहेको थियो ।
फ्याक्ट सञ्चार । २०८१ भाद्र ९ गते आइतवार