लाटिकोइलीमा महिला–मैत्री पार्क निर्माण सुरु

सुर्खेत सुर्खेतको वीरेन्द्रनगर स्थित लाटिकोइली शिव मन्दिर परिसरमा लाटिकोइली पार्कको शिलान्यास गरिएको

आज वीरेन्द्रनगर नगरपालिकाको साझेदारी तथा यूनोप्स द्वारा सञ्चालित महिलामैत्री शहर सुरक्षा तथा न्याय परियोजनाको सहयोगमानिर्माण हुन लागेको लाटिकोइली पार्कको शिलान्यास गरिएको हो

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले शिलान्यास गर्दै पार्क निर्माणले वीरेन्द्रनगरको समग्र शहरी विकासमा नयाँआयाम थप्ने विश्वास व्यक्त गरेकी छन् उनले विशेषगरी महिलाहरू, बालबालिका तथा सबै समुदायका नागरिकका लागि सुरक्षित, समावेशी पहुँचयोग्य सार्वजनिक स्थलको अभावलाई सम्बोधन गर्न यो परियोजना महत्वपूर्ण हुने उल्लेख गरिन्

प्रमु ढकालले भनिन्, “सार्वजनिक स्थलहरू सबैका लागि समान रूपमा सुरक्षित उपयोगी हुनुपर्छ। लाटिकोइली पार्क महिलामैत्रीअवधारणामा आधारित रहेकाले यसले समाजमा सुरक्षा, समानता सहभागिताको सन्देश प्रवाह गर्नेछ।

उक्त पार्क महिलामैत्री शहरी योजना, लैङ्गिक समानता, सार्वजनिक सुरक्षा तथा न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित निर्माणगर्न लागिएको शहरी योजनाकार सुगम गौतमले जनाए

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, महिला अधिकारकर्मी, नागरिक समाज, युवातथा समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो सहभागीहरूले यस्तो प्रकृतिको पार्क निर्माणले महिलाहरूका लागिसुरक्षित रूपमा समय बिताउने, अन्तरक्रिया गर्ने, मनोरञ्जन लिने तथा सामाजिक सञ्जाल विस्तार गर्ने अवसर सिर्जना गर्ने विश्वासव्यक्त गरे

कार्यक्रममा सहभागीहरूले महिलामैत्री पूर्वाधार निर्माण केवल भौतिक संरचनामा सीमित नभई सोच, नीति व्यवहारमा पनिपरिवर्तन आवश्यक रहेकोमा जोड दिएका थिए उनीहरूले पार्क व्यवस्थापनमा स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चितगर्नुपर्ने आवश्यकता औंल्याएका थिए

नगरपालिकाका अनुसार पार्क निर्माण कार्य निर्धारित समयसीमाभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्ने लक्ष्य लिइएको




फेसबुकबाट तपाईको प्रतिक्रिया