सुर्खेत । नयाँ वर्ष २०८१ लाई भव्य रुपमा सफल पार्न सिद्धार्थ होटल सुर्खेतले सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
नयाँ वर्ष २०८१ लाई स्वागत गर्न सिद्धार्थ होटेल सुर्खेतमा चर्चित रास्ट्रीय कलाकारहरु प्रकाश दूतराज र करिष्मा ढकालको प्रस्तुति रहने छ ।
साथै स्थानीय ब्याण्डको समेत प्रस्तुति रहने जनाइएको छ ।
गायक दूतराजका देउरालीमा धजा, रिमै, घर कता हो बहिनीको, लाहुर जाने रेलैमा लगायतका दर्जन बढी गीतहरु निकै लोकप्रिय छन् । त्यस्तै करिष्मा चर्चित मोडल तथा डान्सर हुन ।
टिकट १५०० र २५०० राखिएको छ । यसमा फरकफरक स्कीमहरु रहेका छन् । कार्यक्रम भोली शुक्रबार साँझ ७ बजेदेखी १२ बजेसम्म सञ्चालन हुने जनाईएको छ ।
सिद्धार्थ होटेलले विगत केही वर्ष यता अंग्रेजी नयाँ वर्ष, होली र नेपाली नयाँ वर्षमा मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
होटेलका अपरेशनल म्यानेजर बद्री कोइरालाका अनुसार होटेलले नयाँ वर्षको अवसरमा आर्कषक छुटसहित विभिन्न प्याकेजको व्यवस्था मिलाइएको छ ।
सिद्धार्थ होटेल सुर्खेतमै सबैभन्दा धेरै ६२ रुम भएको पहिलो चार तारे होटेल हो । सिद्धार्थ ग्रुप अन्तर्गत देशभरका विभिन्न होटेल, रिर्सोट, क्याफेसहित ३० वटा आउटलेटहरु सञ्चालन गर्दै आएको छ ।
सिद्धार्थले निकट भविष्यमै सुदुरपश्चिमको राजधानी धनगढीमा तारे होटेल शुरु गर्दैछ ।
फ्याक्ट सञ्चार । २०८० चैत्र २९ गते बिहिवार