काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको बजेट सार्वजनिक गरेका छन्। बिहीबार संघीय संसदको संयुक्त बैठकमा उनले प्रस्तुत गरेको विवरणअनुसार आगामी वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको हुने भएको छ।
जसमा चालू तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पूँजीगत गर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०.८ प्रतिशत तथा वित्तिय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत नयाँ बजेट विनियाजन भएको हो ।
सरकारले आगामी बजेटमा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिने, कृषिको आधुनिकीकरण, ऊर्जा तथा पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने योजना बनाएको छ। साथै, शिक्षा, स्वास्थ्य, र सामाजिक सुरक्षामा पनि पर्याप्त बजेट विनियोजन गरिने बताइएको छ।
संघीय संसदमा प्रस्तुत बजेटको विवरणलाई आधार मानेर अब अर्थमन्त्रीले पूर्ण बजेट प्रस्ताव गर्नेछन्। संसदको बजेट अधिवेशन यही जेठ १५ गतेदेखि सुरु भएको हो।
फ्याक्ट सञ्चार । २०८२ जेष्ठ १६ गते बिहिवार