सुर्खेत । नेपाल लोकतान्त्रिक खेलकुद संघको कर्णाली प्रदेश समिति चयन भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, कर्णाली प्रदेश संयोजक हरि विष्टको संयोजकत्वमा २७ सदस्यीय प्रदेश कार्य समिति चयन भएको हो ।
समितिमा भलिबल, तेक्वान्दो, ब्याडमिन्टन, बक्सिङ्ग, उसु, कराते, किक बक्सिङ्ग, कबड्डी, एथ्लेटिक्स, फुटबल, क्रिकेट, लङ्गजम्प लगाएत खेलमा संलग्न कर्णालीका १० ओटै जिल्लाका खेलाडीहरु रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिमा सुर्खेत देखी दुर्गा रेग्मी, जयलाल सारु मगर, टोपेन्द्र जङ्ग शाही, हिमाल मल्ल, सन्तोष बराईली, पुर्ण अधिकारी, कल्पना सोमै, सिया प्रधान र भावना राना रहेका छन् ।
यस्तै दैलेख देखी प्रेम पाण्डे, हरि कुमार डाङ्गी, सुनिता शाही रहेका छन् भने जाजरकोट देखी गणेश विष्ट, लोकेन्द्र चन्द, पार्वती घर्ति मगर जुम्ला देखी भरत बहादुर बुढ थापा र वर्षा हमाल कालिकोट देखी ईश्वर शाही र खडक जङ्ग शाही रहेका छन् ।
यस्तै मुगु देखी केशर बहादुर शाही, हुम्ला देखी बाँच बहादुुर रावत र बुद्धी रोकाय, सल्यान देखी तिलक चन्द र दोर्ण चन्द, रुकुम पश्चिम देखी यदु कुमार आचार्य र डोल्पा देखी श्रीमान रोकाय रहेका छन् ।
नव निर्वाचित कार्य समितिलाई लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेश संयोजक हरि विष्टले बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कर्णालीका १० ओटै जिल्लामा जिल्ला कार्यसमिति समेत गठन गर्ने निर्णय गर्ने बताए ।
फ्याक्ट सञ्चार । २०८१ जेष्ठ २५ गते शुक्रवार