कर्णाली प्रदेश सरकारका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहन गरे

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहन गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका चार मन्त्रीले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कांग्रेसबाट सहभागी ४ जना मन्त्रीलाई आज आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

कांग्रेसबाट सामाजिक विकासमन्त्रीमा दैलेखका घनश्याम भण्डारी , आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाहले सपथ लिएका छन् भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारीले सपथ लिएका छन् । जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा हुम्लाकी विजया बुढाले सपथ लिएकी छिन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया