सुर्खेत । मुगुमा रुख ढलेर चोट लाग्दा एक जनाको मृत्यु भएको छ।
मुगुको छायाँनाथ रारा नगरपालिका–१४ बामगाउँको थुम्बाडा बस्तीका एक जनाको रुख ढलेर चोट लाग्दा मृत्यु भएको छ।
स्थानीय रत्नबहादुर बडुवालले दिएको जानकारीअनुसार ४५ वर्षीया चन्द्रबहादुर बडुवालको रुख ढलेर चोट लाग्दा मृत्यु भएको हो।
बुधबार गाउँबाट तीन घण्टा टाढा रहेको सुगुतिर भन्ने वनमा भेडाबाख्रा चराउन गएको बेला हावाहुरी चल्दा बसिरहेको ठाउँमाथिबाट रुख ढलेको थियो ।
फ्याक्ट सञ्चार । २०८१ फाल्गुन ३० गते शुक्रवार