आज सुनको भाउमा २१ सयले वृद्धि

काठमाडौं । नेपाली बजारमा पँहेलो धातु (सुन)को मूल्यले अहिलेसम्मको रेकर्ड ब्रेक गरेको छ ।

आज सुन तोलामा २१ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।

यस्तै चाँदीको मूल्य आज तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया