राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।

बैठक मंगलबार (भोलि) बिहान १०ः३० बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए।

त्यस्तै प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकबारे पनि छलफल हुने झाले बताए।

प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू पनि छलफलको कार्यसूची रहेको उनको भनाइ छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया