सुर्खेत महिला जेसीजको नारी सम्मानबाट सुष्मा, सगिंता र चन्द्रा सम्मानित

सुर्खेत । सुर्खेत महिला जेसीजको उत्कृष्ट नारीमा सुष्मा गिरी, सगिंता रसाइली र चन्द्रा गाहा मगर सम्मानित भएका छन् ।
शनिबार सुर्खेत महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमको समापन गर्दै नारी सम्मान कार्यक्रमबाट उनीहरुलाई उत्कृष्ट नारीको रुपमा सम्मान गरेको हो ।


समाज र समुदाय प्रति योगदान पुर्याउनुका साथै पृतिसतात्मक सोच भएको समाजमा आफैमा अब्बल भएर अरुलाई प्रेरणाको स्रोत बनेका नारीहरुलाई नारी सम्मानले सम्मानित गरेको सुर्खेत महिला जेसीजले जनाएको छ ।


सुष्मा गिरी निर्धारित लक्ष्य, निरन्तरको परिश्रम त्यपछि मात्रै सफलताको जिवन भन्ने सुत्रबाट सफलताको उचाइमा पुगेकी संघर्षशील महिला हुन् । उनीले सन् २०१० मा ग्लोबल आई.एम.ई बैंकमा काम गर्र्दै बैंकिङ्ग क्षेत्रमा आफ्नो पाइला चालेकी थिइन् । सन् २०१७ देखि भने लक्ष्मी सनराइज बैंकको सुर्खेत शाखा प्रमुखको रुपमा कार्यरत रहेकी छिन् ।

 साथै, उनी सुर्खेत महिला जेसीज वर्ष २०१५ को अध्यक्ष समेत हुन् । गिरी समाजमा रहेका हरेका महिलाहरुको प्रेरणाको स्रोत हुन् ।


प्रहरी नायक निरीक्षक सगिंता रसाइली जिल्ला प्रहरी कार्यालय सुर्खेतमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) मा विगत २ वर्ष कार्यरत छिन् । प्रहरी जवान भएर नेपाल प्रहरी सेवामा प्रवेश गरेकी रसाइलीले पारिवारिक समस्या र जागिरे जिवनका विभिन्न चुनौतिहरु पार गर्दै आफ्नो पढाईलाई निरन्तरता दिदैं प्रहरी सहायक निरिक्षक पदको लागि लडेर प्रहरी सहायक निरिक्षक समेत भइन् ।

नेपाल प्रहरीको जागिरको शिलशिलामा उनले बाँके, चितवन, काठमाडांै लगाएतका क्षेत्रमा काम गर्दै विगत २ वर्ष देखि जिल्ला प्रहरी कार्यालय सुर्खेतको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखामा काम गरिरहेकी छिन् ।

उनले लैंगिक हिंसा, मानसिक तनाब, यौन हिंसा, बालविवाह, बालअधिकार लागायतका क्षेत्रमा विशेष गरि काम गर्ने गरेकी छिन् ।  हिंसामा परेकालाई आवश्यक सल्लाह सुभाव दिने उनीहरुको समस्याको उचित मुल्यांकन गरि समाधान गर्ने, प्रेरणा दिने गरेर न्याय दिने गर्छिन् । यस्तै, मुद्दाहरुको बारेमा अध्ययन अनुसन्धान गरि दोषीलाई सजाय र पिडितलाई आवश्यक सहयोग गरि न्याय दिएर समस्याको व्यवस्थापन गर्ने गर्दै आएकी छिन् ।

रसाइलीले २८ जना बालबालिकाको उद्धार गरि बालबालिकालाई घरपरिवारसंग पुनमिलान गराई बालबालिकाहरुको पुर्नस्थापनामा समेत गर्न सफल भएकी हुन् ।


यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा आफै चाउमिन उत्पादन गरि बिक्रि वितरण गर्दै आएकी चन्द्रा गाहा मगर आफैमा एक परिश्रम गरेर जिविकोपार्जन गर्ने महिला हुन् ।

उनले आफै हाते मेसिनबाट चाउमिन उत्पादन गरी बेच्ने गर्छिन् । उनकोमा उत्पादन हुने चाउमिन ताजा र स्वच्छ हुने भएकाले ग्राहकहरुको घुईँचो लाग्ने गर्दछन् । मगरले आफुले मात्रै सबैकाम गर्नको लागि नसक्ने हुँदा अरुलाई रोजगारी समेत दिएकी छिन् । उनी परिश्रम गरेर स्वाबलम्बी हुनु पर्दछ भन्छिन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया