आयोगले योजना बोक्ने हो, ‘प्रोजेक्ट’ हैन : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्न्री यामलाल कँडेललले प्रदेश योजना आयोगले योजना बनाउनभन्न्दा ‘प्रोजेक्ट’ बोक्नतिर सक्रिय रहेको बताए । आफ्नो किताबमा योजना नराख्ने नीति बनाउन भन्दै सरकारको मुख ताक्ने गरेको बताए ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले सम्पादित कार्य तथा प्राप्त प्रमुख उपलब्धिहरुबारेमा जानकारी गराएका थिए ।

कार्ययोजना तथा प्रतिबद्धताअनुसार भौतिक मन्त्रालय र उर्जा मन्त्रालय अन्तर्गत ठेक्का लगाउनुपर्ने संख्या ३५१ मध्ये झण्डै ६० प्रतिशतभन्दा बढि आयोजनाको ठेक्का आह्वान भइसकेको छ भने बाँकी ठेक्का आह्वानको अन्तिम चरणमा रहेको छ ।

जसमा ३१० मध्ये भौतिक पूर्वाधार मन्त्रालयले १० वटै जिल्लाका २१५ वटा आयोजनाको ठेक्का आव्हान गरिसकेको छ ।

मुख्यमन्त्री कँडेलकाअनुसार गत कार्तिकमा जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पका कारण क्षति भएका सामुदायिक विद्यालय र सरकारी अस्पतालको मर्मत तथा पूनर्निर्माणका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा कार्यविधि स्वीकृत गरी क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणको लागि छनौट प्रक्रियाको चरण सुरु भएको छ ।

यो कार्यक्रमबाट भूकम्प प्रभावित क्षेत्रका ७० वटाभन्दा बढी क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य चौकीको चालु आर्थिक वर्षभित्रै पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ । यस्तै चालु आर्थिक वर्षको हालसम्म कुल बजेट खर्च ४ दशलव ४४ प्रतिशत रहेको छ । जसमा पूँजीगततर्फ १ दशमलव ७१ प्रतिशत खर्च भएको छ ।

यसले बजेट कार्यान्वयनमा प्रदेश सरकारको सकारात्मक संकेत गरेको छ। चालु आर्थिक वर्षमा ४ वटा महत्वपूर्ण विधयेक प्रदेश सभामा दर्ता भएकोमा अनिवार्य रुपमा ऐन बन्नुपर्ने तर लामोसमयदेखि छलफलकै क्रमममा रहेको स्थानीय तहको सेवासम्बन्धी विधयेक यसै चालु आर्थिक वर्षमा पटक पेश भई सभाबाट पारित भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया