हिँड्नुका अनेक फाइदा

सुर्खेत । स्वस्थ रहन नियमित व्यायाम गर्नु जरुरी छ । केही व्यक्तिहरू शारीरिक रूपमा सक्रिय र तन्दुरुस्त रहन हरेक दिन हिँड्छन् वा दौडन्छन्।

दैनिक नियमित रूपमा हिँड्ने कुरा अत्यास लाग्दो लाग्न सक्छ तर स्वास्थ्यका लागि त्यो जति राम्रो अरू हुँदैन। हिँड्नु मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ र मोबाइल वा कम्प्युटरमा स्क्रीन हेर्ने समय वा अन्य कुरामा तपाईँलाई बिथोल्दैन।

हिँड्नु लगभग सबैका लागि उपयुक्त हुन्छ किनभने र जोर्नी र मांसपेशीका लागि यो सहज हुन्छ ।

हिँड्नुका स्वास्थ्य लाभहरू 

  • छिटो हिँड्दा मुटु र फोक्सोलाई पनि फाइदा हुन्छ । नियमित कार्डियो व्यायामले विभिन्न प्रकारका शारीरिक र मानसिक फाइदाहरू प्रदान गर्दछ।
  • तौल बढ्दै गएको छ भने दैनिक छिटो हिँड्नु फाइदाजनक हुन्छ । यसले अधिक क्यालोरीहरू जलाएर शरीरको अतिरिक्त तौल घटाउन मद्दत गर्दछ। यसले मांसपेशीहरू पनि बढाउँछ र मूड राम्रो बनाउँछ ।
  • हप्तामा ५ दिन हिँड्दा मुटु रोगको जोखिम कम हुन्छ । नियमित कार्डियो व्यायाम तपाईंको रगतमा खराब कोलेस्ट्रोल घटाउन प्रभावकारी हुन्छ।
  • हिँड्दा पाचन क्रिया समेत राम्रो हुन्छ । लगातार हिँड्दा ग्यास्ट्रोइन्टेस्टाइनल प्रणाली सजिलैसँग काम गर्दछ, जसले पाचन प्रणाली सुधार गर्दछ।

 

हिँड्नका लागि उत्तम उपायहरू

  • बस स्टेसनसम्म बस वा कारमा जानुभन्दा हिँडेर जानुपर्छ ।
  • मेचमा बसेर काम गर्नुहुन्छ भने, प्रत्येक घण्टा उठेर केहीबेर हिँड्नका लागि आफैँलाई सम्झाउनुहोस् ।
  • यदि गर्भवती हुनुहुन्छ भने हिँड्नु सबैभन्दा राम्रो अभ्यास हो ।
  • दैनिक पडकास्ट सुन्दै ३० मिनेट हिँड्नुहोस् ।
  • पार्क वा जङ्गलमा साथीसँग हिँड्नुहोस् वा कुकुर छ भने तिनीहरूलाई लिएर हिँड्नुहोस् ।
  • थोरैबाट हिँड्न सुरु गर्नुहोस् । बस स्टेसनबाट कार्यालयसम्म जानका लागि १० मिनेट, त्यसपछि पार्कसम्म जाँदा २० मिनेट र वरपर अर्को एकछिन हिँड्दा नै ३० मिनेट हुन्छ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया