कालीकोटमा महेन्द्रबहादुर शाही अग्रस्थानमा

सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कालीकोटमा जारी मतगणनाको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्रबहादुर शाही अग्रस्थानमा रहेका छन्।

हालसम्मको मतपरिणामअनुसार शाहीले १ हजार ४२० मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेस का उम्मेदवार हर्षबहादुर बम ले १ हजार ३७४ मत सहित पछ्याइरहेका छन् ।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार नगिन्द्र शाही ले १ हजार १३६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का खड्गबहादुर विश्वकर्मा ले ३७० मत प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार प्रकाश न्यौपाने ले १५९ मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहेका छन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया