पुष्पा २ ले ओटीटीमा बनायो नयाँ रेकर्ड

दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पा २’ ओटीटीमा रिलिज भएको चार दिन भयो । सिनेमा हलपछि फिल्मले ओटीटीमा पनि आफ्नो जादु देखाइरहेको छ ।

अल्लु अर्जुन अभिनीत यस फिल्ममा रश्मिका मन्डनाले अल्लु अर्जुनको श्रीमतिको भूमिका निर्वाह गरेकी थिइन् । फहाद फासिल खतरनाक भिलेनको भूमिकामा देखिएका थिए ।

फिल्ममा जगपति बाबु, राव रमेश, अनुसूया भारद्वाज, सुनील लगायतकाे अभिनय रहेको थियो ।यो फिल्म सात देशहरूमा नम्बर एक स्थानमा पुगेको छ । ‘पुष्पा २ः द रुल रिलोडेड भर्सन’ चार दिनमा विश्वव्यापी गैर–अंग्रेजी श्रेणीमा ५८ लाख भ्यूज पाउँदै दोस्रो स्थानमा कायम छ ।

बक्स अफिसमा यति गरेको थियो कलेक्सन
अल्लु अर्जुनको फिल्मले बक्स अफिसमा शानदार प्रदर्शन गरेको छ । स्याकानिल्कको रिपोर्ट अनुसार, फिल्मले भारतमा मात्रै कुल १ हजार २३३ करोड ८० लाख भारु कमाएको छ । विश्वभर भने फिल्मको कूल कमाई १ हजार ७४१ करोड ७५ लाख भारु थियो । रिलिज हुने बित्तिकै फिल्मले बक्स अफिसमा कयौं फिल्मको रेकर्ड तोडेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया