देवकी तिमल्सिना
प्रेम दिवसको थोरै अनुमान
धेरै जिज्ञासा
उत्साह उमङ्गको संघारमा
नवीन ऋतुको आगमनमा
केही खुलदुलीहरु पनि
खोइ?थाहा छैन के लेखेर झुण्याउने हो?
त्यो प्रेमरुपी पर्दामा
आमाको चिच्याहट ममता खोसिएकोमा
संस्कार र संस्कृतिमा पाश्चात्य छाएकोमा
बहिनीको इज्जत लुटिएकोमा
झट्ट उघारेर पर्दा विकृत प्रेमको गन्ध
देखिन्छ गाउँ शहरमा।
मनोरम ठाउँ हरिया चउर
झाडी र बुट्यानहरु हाम्रा सम्पदाहरु
भय्याङ र चौतारीहरु
यी सबै सबै दुर्गन्धित् भए
सर्वाङ्ग नाङ्गै भए
खै! यो कस्तो प्रेम दिवस
स्कुल , कलेज र मन्दिरहरुमा
सरस्वतीको पूजा हुँदैन
टुँडालका चित्रको पो बयान हुन थाल्यो!
आधुनिकताको नाममा
जीवनको यथार्थ बिर्सिएर
सामाजिक संजालका नकारात्मक कुरामा – समय बिताएर
उदेकलाग्दो दृश्यमा रमाएर
चञ्चलतामा मात्रै पोखिएर
खै! कसरी हुन्छ साँचो प्रेम?
खै! कसरी हुन्छ समाज परिवर्तन ?
अनि कसरी पूरा हुन्छन् बनाइएका योजना ?
स्वतन्त्रताको नाङ्गो रुप
जताततै जहाँतहीँ छरिएर
छरपस्ट फुटाएका मनहरु
यो प्रेमको दरिलो डोरीमा
यो प्रेम दिवसको दिन
खै! कसरी जोडिन्छ?
मनसँग मुटुको धड्कन!
फ्याक्ट सञ्चार । २०८१ फाल्गुन २ गते शुक्रवार