सल्यानको महोत्सवमा आगलागि हुदाँ ३ करोड बढीको क्षति

सुर्खेत । सल्यानको श्रीनगरमा दोश्रो वृहत् सल्यान महोत्सवमा आगलागी भएको छ । महोत्सवमा आगलागि ३ करोड बढीको क्षति भएकोे छ ।
८ दिनअघि देखि शारदा नगरपालिका–१, श्रीनगरको टाउन प्लानिङमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानले आयोजना गरेको महोत्सव स्थलमा आगलागी भएको हो ।

शनिबार राति अन्दाजी ११ बजे आगलागी हुँदा ८० स्टल जलेर क्षति भएका छन् । आगलागीबाट करोडौंको क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए ।

दोस्रो बृहत् सल्यान महोत्सवका स्टलमा आगलागी भएको छ । ८ दिनअघि देखि शारदा नगरपालिका–१, श्रीनगरको टाउन प्लानिङमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानले आयोजना गरेको महोत्सव स्थलमा आगलागी भएको हो ।

उनका अनुसार आगलागीबाट महोत्सवमा बिक्रीका लागि राखिएका स्टल र त्यसमा भएका सबै सामग्री जलेर नष्ट भएका प्रहरी जनाएको छ ।
आगलागीका कारण महोत्सव पनि पूर्ण रूपमा प्रभावित भएको छ ।

राति ११ बजेतिर लागेको आगो स्थानीय, व्यवसायी, महोत्सव सञ्चालक तथा सुरक्षाकर्मीको टोलीले तीन घण्टा लगाएर नियन्त्रणमा लिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया