सुर्खेत महिला जेसीजको साइबर अपराध न्युनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

सुर्खेत। सुर्खेत महिला जेसीजले साइबर अपराध न्युनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार सुर्खेतमा सुर्खेत महिला जेसीजको आयोजना तथा कर्णाली प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा साइबर अपराध न्युनिकरण सम्बन्धीे प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

प्रशक्षिणमा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) जोन नारायण यादवले साइबर अपराधका विविध पक्षमा जानकारी गराउदै डिजिटल प्रविधिको प्रयोगको बढ्दो विकाससँगै साइबर अपराध बढरिहेको जनाए । त्यसबाट जोगिन नागरिक सचेतना र जिम्मेवार प्रविधि प्रयोग आवश्यक रहेकोमा उनले जोड दिए ।

कार्यक्रममा बोल्दै सुर्खेत महिला जेसीजकी अध्यक्ष कमला बस्याल देवकोटाले प्रविधिको युगसँगै साइबर अपराधको जोखिमसमेत बढेकाले सचेतना अभिवृद्धि अत्यन्त जरुरी रहेको बताइन्। “समाजमा महिलामाथि हुने साइबर अपराधका घटनाहरू दिनानुदिन बढ्दै गइरहेका छन्, यस्तो अवस्थामा यस्ता प्रशिक्षणहरू अत्यन्त उपयोगी छन्,” उनले भनिन्। यस्ता कार्यक्रमले समाजमा साइबर अपराधबारे चेतना जगाउन सहयोग पुग्ने उनको विश्वास छ ।

त्यस्तै, कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव साथै यस कार्यक्रमका प्रमुख अतिथी सुनिता के.सीले प्रविधिको विकाससँगै कानुनी संरचनालाई पनि सुदृढ बनाउनु पर्ने आवश्यकतामा जोड दिइन् ।

कार्यक्रममा सुर्खेत महिला जेसीजका पदाधिकारी, युवा, विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले साइबर सुरक्षा र कानुनी धाराहरूसम्बन्धी विषयमा जानकारी लिएर कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया जनाएका थिए।




फेसबुकबाट तपाईको प्रतिक्रिया