सेयर बजार

नेप्सेमा ६ अङ्कको वृद्धि

सुर्खेत । मंगलबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अङ्कले बढेको छ । ६ अङ्कले बजार बढ्दा परिसूचक २६४६.८४ बिन्दुमा पुगेर कारोबार रोकिएको छ ।

आज फाइनान्स समूहका कम्पनीको मूल्य बढ्यो । समग्रमा यो समूहको सूचक २.६५ प्रतिशतले बढेको छ । आज फाइनान्स समूहअन्तर्गत १४ कम्पनी फाइदामा गए, एउटाको मूल्य भने घटेको छ ।

आज कुल १२६ कम्पनीको मूल्य बढेको छ । कारोबार रकमका हिसाबले पनि आज सिन्धु विकास बैंक अग्रस्थानमा रह्यो । यसको आज १६ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार कुल ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भयो । १०७ कम्पनीको मूल्य घट्दा १० कम्पनी स्थिर रह्यो । आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको मूल्य १० प्रतिशत घट्यो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया