रवि लामिछानेको निवास पुगे मुकुल–निशा, विवाहको निम्तो स्वीकार्दै रविले दिए यस्तो जवाफ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित भएपछि पहिलोपटक संस्थापक महामन्त्री डा. मुकुल ढकाल पार्टी सभापति रवि लामिछानेको निवास पुगेका छन्। मंगलबार ढकाल र रास्वपाकी सहमहामन्त्री तथा सांसद निशा डाँगी बुढानीलकण्ठस्थित लामिछाने निवास पुगेर उनलाई आफ्नो विवाहको निम्तो दिएका हुन्।

लामिछानेले उनीहरूको निम्तो स्वीकार गर्दै विवाह समारोहमा सहभागी हुने आश्वासन दिएका छन्। पार्टीभित्रको विवादपछि लामिछाने र ढकालबीच राजनीतिक दूरी बढेको भए पनि यसपटकको भेटमा भने राजनीतिक विषयभन्दा पारिवारिक कुराकानी भएको ढकालले बताएका छन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका मुकुल र निशाले आगामी मंसिर १० गते विवाह गर्ने तयारी गरेका छन्। विवाहका लागि मुकुल आफ्नो निवास विराटनगरबाट जन्ती लिएर निशाको घर झापा जाने कार्यक्रम छ। राजनीतिक यात्रामा फरक परिस्थितिमा पुगेका यी दुईले आफ्नो वैवाहिक जीवनको विशेष अवसरमा भने पार्टी सभापति लामिछानेलाई समेत निम्तो दिएका हुन्।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया