
प्रहरीद्वारा अनुसन्धान सुरु
सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मनिकापुरमा एक महिलाको मृत्यु भएको छ। करिब २८ वर्षीया सरु गिरीको राति सुतेकै अवस्थामा मृत्यु भएको परिवारले जनाएको छ। परिवारका अनुसार उनी राति सुतिरहेको अवस्थामा बिहान मृत फेला परेकी हुन्।
घटनाबारे जानकारी पाएपछि बिहानै प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरीले घटनाको प्रकृति र मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ।
मृत्युको वास्तविक कारण भने खुल्न बाँकी छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

फ्याक्ट सञ्चार । २०८३ मङ्सिर १ गते सोमवार