कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया हाजिर जमानीमा रिहा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा रिहा भएका छन् ।

दोहोरो नागरिकता कसुरमा पक्राउ परेका सिरोहिया ९ दिनपछि हाजिर जमानीमा हिरासतमुक्त भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको एक प्रहरी अधिकारीले बताए ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले उनको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हिरासतमुक्त गरेको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया