पर्यटन प्रवद्धनका लागि नेपाली सेनाको पदमार्ग यात्रा

सुर्खेत । कालीबहादुर गणले पर्यटन प्रवद्धन गर्न पदमार्ग यात्रा सुरु गरेको छ ।
‘आफ्नै ठाउँ, आफै चिनाउँ’ भन्ने मुल नाराका साथ कालीबहादुर गणले सुर्खेतले ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेका स्थानहरुमा पदयात्रा सुरुवात गरेको हो ।

आज बुधबार वीरेन्द्रनगरको वडा १४ मा रहेको वयलकाँडा गढी ईलाकामा श्री ४ नं बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रकाश थापाको नेतृत्वमा कालिबहादुर गणका सेनानी कौशल कार्की लगायतको टीमले पदयात्रा गर्दै पदमार्ग यात्राको सरुवात गरेका हुन् ।
सेनाले पर्यटकीय पदयात्राको सुरुवात गर्दै श्री ४ नं बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रकाश थापाले बाह्य पर्यटक मात्र हैन, आन्तरिक पर्यटकहरुले पनि पर्यटकीय रुटहरुको प्रवद्धन गर्नुपर्ने भन्दै नेपाली सेनाले पनि सामाजिक कार्यमा गरेको नागरिकहरुलाई महसुस हुने भएकाले पदयात्राको थालनी गरेको बताए ।

सुर्खेतमात्र हैन कर्णालीका ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्भावना बोकेका पर्यटकीय स्थानहरुमा नेपाली सेनाले पदयात्रा गर्ने थापाको भनाई छ ।

वीरेन्द्रनगर नगरपालीका वडा न. १ का वडाअध्यक्ष दिनेश खत्रीले धारापानीबाट बयलकाँडा जाने पदमार्ग पछिल्लो समय ओझेलमा परेको बताए । सडक सञ्जाल, सरलसुविधा उपभोग गर्ने मानविय चालचलनले गर्दा पुराना पदमार्ग लोप हुँदै गएको समेत उनले बताए ।
नेपाली सेनाले पदमार्गलाई प्राथमिकता राखेर पदयात्रा गरिरहदा ओझेलमा परेका पदमार्गको सदुपयोग हुने भन्दै खुसी व्यक्त गरेका छन् । धारापानी देखि बयलकाँडा सम्मको रुट हाइकिङका लागी उपयुक्त भएको समेत खत्रीको भनाई छ ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया