लन्डन म्याराथनमा सहभागी हुन धावक पार्की लन्डन जादै

सुर्खेत । लन्डन म्याराथनमा सहभागी हुन धावक गोपीचन्द्र पार्की शुक्रबार लन्डन प्रस्थान गर्ने भएका छन् ।

आज बुधबार नेपालगञ्ज म्याराथनले गोपीलाई विदाई गरेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, लि निङ आधिकारीक विक्रेता चाइना ट्रेड लिंक प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले विदाई गरेका हुन् ।  लन्डन म्याराथन वैशाख ९ गते हुदैँछ।

राखेप सदस्य सचिव घिसिङले हवाई टिकट राखेपले उपलब्ध गराउने बताउदै गोपीलाई सफलताको शुभकामना दिएका छन् । चाइना ट्रेडका अध्यक्ष राजन महर्जनले शुभकामना दिंदै गोपीलाई लि निङको‌ ट्रयाक सुट र टिसर्ट हस्तान्तरण समेत गरेका छन्।

नवौं धारा नेपालगञ्ज म्याराथनको‌ उपाधि जित्दै गोपीचन्द्र पार्की लन्डन म्याराथनका लागि छनोट भएका थिए।

नेपाल रन युकेको सहकार्यमा नेपालगञ्ज म्याराथनले विजेतालाई लन्डन म्याराथनमा‌ सहभागिता निश्चित गरेको हो । पार्कीले राम्रो तयारी गरेर उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताए।




फेसबुकबाट तपाईको प्रतिक्रिया