सर्खेत । नेपाल भलिवल संघको आयोजना तथा कर्णाली प्रदेश भलिवल संघको व्यवस्थापनमा वीरेन्द्रनगरमा सञ्चालित ३४ औ राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको सामाजिक परीक्षण आय व्यय सार्वजनिक गरिएको छ ।
कर्णाली प्रदेश भलिवल संघले पुस २० देखी २६ गते सम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा सञ्चालन गरेको प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो । कर्णाली प्रदेश भलिवल संघका अध्यक्ष एवं प्रतियोगिता मूल आयोजक समितिका व्यवस्थापक कृण्ण श्रेष्ठले ६५ लाख ७८ हजार ३ सय ८८ रुपैयाँ वरावरको आय व्यय प्रस्तुत गरे ।
उनले विभिन्न संघ संस्था,व्यक्ति,स्थानिय र प्रदेश सरकारवाट ४६ लाख ९९ हजार ८ सय ७५ आम्दानी भएको र प्रतियोगितामा ६५ लाख ७८ हजार ३ सय ८८ रुपैया खर्च हुदाँ १९ लाख २६ हजार ५ सय १३ रुपैया तिर्न वाकि रहेको वताए । अध्यक्ष श्रेष्ठले ३४ औ राष्ट्रिय पुरुष भलिवल प्रतियोगितामा सवैको सहयोग र साथका कारण प्रतियोगिता सफल भएको भन्दै सहयोग गर्ने सवैलाई धन्यवाद समेत दिए । उनले जनस्तरवाट ठ्र््लो सहयोग भएको भएपनि राष्टिय प्रतियोगिता सम्पन्न हुदाँ आर्थिक रुपमा समस्या रहेको वताए ।
उनले प्रतियोगिताका लागि विभिन्न सघंसंस्थाहरुले सहयोगको प्रतिवद्धता जनाएपनि आर्थिक संकलन हुन नसक्दा केही समस्या भएको समेत वताए । अध्यक्ष श्रेष्ठले विभिन्न चुनौतीका विच राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता संचालन गर्न सफल भएकोमा संघप्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा स्थानीय सरकार र प्रदेश सरकारसंग समन्वय गरेर खर्च व्यवस्थापन गर्ने वताए ।
सुर्खेतमा लामो समयपछि राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता संचालन भएको थियो ।
फ्याक्ट सञ्चार । २०८१ बैशाख १ गते शनिवार