सुर्खेत–२ मा रास्वपाका सापकोटा विजयी

सुर्खेत । सुर्खेत–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटा विजयी भएका छन् । उनी ३० हजार ३७८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

सापकोटाका प्रतिद्धन्दी नेपाली कांग्रेसका नारायण कोइराला १६ हजार १९६ मतसहित दोस्रो स्थानमा रहे भने नेकपा एमालेका कुलमणि देवकोटा १२ हजार ८९१ मतसहित तेस्रो स्थानमा रहेका छन् । नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले ४ हजार ४३६ मत प्राप्त गरेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया