उपनिर्वाचन : इलाम क्षेत्र- २ मा अहिले ११ बजे देखि मतगणना सुरु

काठमाडौ । इलाम क्षेत्र- २ मा भएकाे प्रतिनिधिसभा सदस्य उपनिर्वाचनकाे मतगणना आइतबार (आज) ११ बजेबाट सुरू गर्ने निर्णय भएको छ ।

मतगणनास्थल गौतमबुद्ध सभम गृह (सिटीहल) मा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । गणना फाकफोकथुम गाउँपालिकाबाट सुरू हुनेछ ।

सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् बैशाख १५ अर्थात् शनिबार (हिजो) उपनिर्वाचन भएको हो । प्रतिनिधिसभा सदस्य छान्न भएको मतदानको मतगणना आजबाट सुरू हुँदै छ ।

प्रमुख जिल्ला अधिकार इन्द्रदेव यादवका अनुसार शनिबार मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।मतदानपश्चात आइतबार बिहान ४ बजेसम्म मतपेटिका संकलन गर्न समय लागेको थियो। मतपेटिका इलाम-७, मा रहेको गौतमबुद्ध समभागृहमा संकलन गरिएको हो।

निर्वाचन आयोगका अनुसार मतगणना सुरू भएको १२ घण्टाभित्र अन्तिम नतिजा प्रकाशित गरिनेछ।

एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।




फेसबुकबाट तपाईको प्रतिक्रिया