सुर्खेत । पश्चिम सुर्खेतको रानीघाटमा भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका १८ वर्षीय निर्माण चौलागाईंको शव फेला परेको छ ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं ७ का निर्माण चौलागाईको शव बराहताल गाउँपालिका वडा न २ रानिघाटमा सशस्त्र प्रहरीको गोताखोर टोलीले आइतबार १० बजेर ५५ मिनेटमा फेला पारेको हो।
उनी हिजो शनिबार पौडी खेल्न साथीहरु सङ्ग विरेन्द्रनगर ३ गण्डकी लाईन देखि त्यहा पुगेका थिए ।
भेरी नदीमा करिव ५० फिट गहिराईबाट उनको शव निकालेको सशस्त्र प्रहरी बल नेपाल नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका गोताखोर टोलीका किरण भण्डारीले जानकारी दिए।
फ्याक्ट सञ्चार । २०८१ बैशाख १६ गते आइतवार