कर्णाली प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गतेका लागि आह्वान

सुर्खेत । कर्णाली प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गतेका लागि आह्वान गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बजेट अधिवेशन जेठ ११ गतेका लागि आह्वान गरेका हुन् ।

प्रदेश सभा सचिवालयका अनुसार दोस्रो कार्यकालको चौथो अधिवेशन ११ गते शुक्रवार दिउँसो ३ बजे बस्ने छ ।

प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधार (१) बमोजिम परियारले बैठकको आह्वान गरेका हुन् । यसअघि वैशाख १७ गते तेस्रो अधिवेशन अन्त्य भएको थियो । तेस्रो अधिवेशनमा जम्मा ११ वटा बैठक बसेका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया