सुर्खेत । बि वान ग्रुप अफ कम्पनीले आफ्नो नवौं वार्षिकोत्सबको अवसरमा ३० लाख रकमको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।
कम्पनीको नवौं स्थापना दिवसको अवसरमा करीब १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।
यो छात्रवृत्ति सन् २०२५ को लागि कम्पनीले १५ जना विद्यार्थीलाई पढाउनका लागि ३० लाख रकम छुट्याएको बी वान ग्रुप अफ कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत त्रिभुवन ढकालले जनाएका छन् ।
छात्रवृत्तिका लागि कम्पनीले केही क्याटोगोरी छुट्याएको छ । गरिब, जेहेन्दार विद्यार्थीका लागि यो कार्यक्रम गर्न लागिएको ढकालले बताए ।
कम्पनीले केही वर्ष पहिले देखि नै विद्यार्थीलाई छात्रवृत्ति दिदै आएको छ । कोभिड-१९ को समयमा १० लाख रकमले ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।
कोरोना पछि आर्थिकमन्दीका कारण सुचारु हुन नसकेको यो कार्यक्रम पुन: २०२५ देखि सुरु हुन लागेको कम्पनीले जनाएको छ ।
फ्याक्ट सञ्चार । २०८१ जेष्ठ १७ गते बिहिवार