कृत्रिम घटना अभ्यास गर्दा डुबेर सशस्त्र प्रहरीको मृत्यु

बझाङ । बझाङमा जिल्ला स्तरीय कृत्रिम घटना अभ्यास गर्दा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको केदारस्युँ गाउँपालिका वडा नँ –७ घर भएका सशस्त्र प्रहरी जवान नरेन्द्र सिंह धामी रहेका छन् ।

सोमबार बिहान बझाङमा नदी बाढी पहिरो र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास गर्दा उनी डुबेर बेहोस भएका बताएको छ ।

लगत्तै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएका उनलाई अस्पतालले मृत घोषणा गरेको हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया