सुर्खेत । सामुदायिक सुरक्षा जालो सुर्खेतले विपद् व्यवस्थापन तथा लैंगिक हिंसा न्यूनीकरण सम्बन्धि दुईदिने पैरवी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।
आइतबार र सोमबार सामुदायिक सुरक्षा जालो सुर्खेतको आयोजना आवाज सङ्गको समन्वय र टेवासंगको सहकार्यमा विपद् व्यवस्थापन तथा लैंगिक हिंसा न्यूनीकरण सम्बन्धि दुईदिने पैरवी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको हो ।
वीरेन्द्रनगर नगरपालिका भित्र रहेका वडाका विपद् व्यवस्थापन समितिका सदस्यहरु र सामुदायिक सुरक्षा जालोका पदाधिकारीलाई विपदमा महिलाहरुको भुमिका र अवस्थाबारे जानकारी दिन यो तालिमको आयोजना गरिएको सामुदायिक सुरक्षा जालो सुर्खेतले जनाएको छ ।
विपदको समयमा महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरु बढी प्रभावित हुने गरेकोले त्यस्तो परिस्थितिको सामना गर्न सक्ने बनाउन यो तालिमको आयोजना गरिएको सामुदायिक सुरक्षा जालो सुर्खेतका अध्यक्ष पुस्पा नेपालीले बताईन् ।
विपद्को समयमा घट्ने महिना हिंसा लगाएतका अपराधीक गतिविधिबाट हुन नदिन संवेदनशील हुन पर्ने आवाजकी अध्यक्ष उरादा गौतमको भनाई छ ।
प्रशिक्षक माया सापकोटाले तालिममा सहभागी २८ जनालाई विपद् व्यवस्थापन र लैंगिक हिंसा न्यूनीकरण सम्बन्धि प्रशिक्षण गराएकी थिईन् ।
फ्याक्ट सञ्चार । २०८१ जेष्ठ २८ गते सोमवार