सुर्खेत । सुर्खेतमा आज (आइतवार) बिहान भएको गाडी दुर्घटना घाइते भएका सबैको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गाडी दुर्घटनमा १७ जना घाइते भएका छन्।
आइतबार बिहान करिब ४ बजेको समयमा रत्नराजमार्ग अन्तर्गत वीरेन्द्रनगर नगरपालिका ११ ठूलो ब्युरेनिस्थित बाँकेको कोहलपुरबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ११२९ नम्बरको ईभी गाडी दुर्घटनामा परेको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतकाका अनुसार घाइतेमध्ये ८ जनाको प्रदेश अस्पताल कालगाउँमा र ९ जनाको देउती नर्सिङ होम अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
              
										
												
												
												
												
												
फ्याक्ट सञ्चार । २०८२ असोज १२ गते आइतवार