नेकपा एमाले द्वारा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ ।

प्रतिनिधि सभाको बैठक अगाडि बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन सुझाएको थियो ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने तयारी गरेका छन् । यही असार २८ गते प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिने तय भएको छ ।

प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मत लिए विश्वासको मत नदिने निर्णय एमाले संसदीय दलले गरेको छ ।

एमालेले राष्ट्रिय सरकार गठनका लागि कांग्रेसले गरेको निर्णयको स्वागत गरेको छ । कांग्रेस र एमालेले यही असार १७ गते सत्ता समीकरणमा समझदारी गर्दै आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेका छन् । पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने दुई दलबीच समझदारी भएको छ ।

एमालेले सरकार अल्पमतमा परेर कामचलाउ भइसके पनि मन्त्रिपरिषदबाट विभिन्न निर्णय गरिरहेको भन्दै कुनै पनि निर्णय नगर्न सचेत समेत गराएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया