काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्तामा विभिन्न नेताहरूले आ–आफ्नो पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
उद्यमी विनोद चौधरीले उपसभापति पदमा उम्मेदवारी दिएका छन् । उनले समावेशी समूहबाट उपसभापतिका लागि मनोनयन दर्ता गराएका हुन्।
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ। उम्मेदवारी दर्ता जारी रहेकाले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिको चहलपहल बढेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा मनोनयन दर्ताको व्यवस्था मिलाएको छ।
१५औँ महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व चयनमा ७ हजार ११४ महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्।

फ्याक्ट सञ्चार । २०८३ असोज २० गते मङ्गलवार