सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत प्राप्त गरेका हुन । मुख्यमन्री कंडेलको पक्षमा २३ मत र विपक्षमा १४ खसेको थियो ।
चैत २७ गते माआोवादी केन्द्रको सम्रथनमा मुख्यमन्री भएका कंडेल केन्द्रमा कांग्रेस एमालेका सत्तासमिकरण बनेसंगै माआोवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो ।
माओवादीले समर्थन फिर्ता लिएपछि कांग्रेसले विश्वासको मत दिएको हो ।
कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १५ (एक निलम्वित) , नेकपा (माओवादी केन्द्र)का १३, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का १०, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य छन् ।
फ्याक्ट सञ्चार । २०८१ साउन २१ गते सोमवार