सरस्वती पूजाको अवसरमा शैक्षिक सामाग्री वितरण

सुर्खेत । सुर्खेत महिला जेसीजले शिव मावि धुलियाविटका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

शुक्रबार सुर्खेत महिला जेसीजले सरस्वती पूजाको अवसरमा शिव मावि धुलियाविटका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शिक्षामा केही सहज र परिवर्तन होस् भन्ने उदेश्यले शैक्षिक सामाग्री वितरण गरीएको सुर्खेत महिला जेसीजका अध्यक्ष कमला बस्यालले बताईन् ।

सुर्खेत महिला जेसीजले समाजमा सकारात्मक परिवर्तन र समाजसेवामा योगदान पुर्याएको बताउदै आगामी दिनमा पनि सहकार्य र समन्वय गरेर अगाडी बढ्ने वीरेन्द्रनगर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष खिमलाल देवकोटाले बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया