सुर्खेत । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले निर्माण व्यावसायीसँग नियमित छलफल गरि रहेको छ । कर्णालीमा बिकास निर्माणको आयोजना जिम्मा लिएर बर्षौँ देखी अलपत्र पार्ने र निर्माण ब्यावसायीहरुसँग मन्त्रालयले ताकेता छलफल गरि रहेको छ ।
मंगलवार कालिकोट,जाजरकोट र दैलेखमा बर्षौदेखी निर्माण हुन नसकेका अलपत्र पार्ने निर्माण व्यावसायीहरुलाई मन्त्रालयमा वोलाएर काम किन भएन र समस्या बारे छलफल गरेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव इश्वर चन्द्र मरहट्टाले जानकारी दिए । सचिव मरहट्टाले भने काम किन सम्मपन्न भएन समस्या भन्नुस हामी समाधानको बाटो खोज्छौ तर काम भने गर्नुस ।
मंगलवार मन्त्रालयमा काम अलपत्र पार्ने निर्माण कम्पनीहरु क्यारभान सुपरस्टार जेभी,ज्वाला लगदम्भा सुपरस्टार जेभी,खड्ककृष्ण सुपरस्टार जेभी,हिराचन क्याराभान सुपरस्टार जेभी,मार्गदेबी निर्माण सेवा,अमर मजदुर जेभी,मोतिदान लाल सुब्बा मेन्द्रो जेभी र अमर सिस्ने जेभीका प्रोप्राटरलाइ बोलाएर छद्यफल गरी अन्तिमपटक काम गर्ने मौका दिएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले बताए ।
कर्णालीमा काम गर्ने निर्माण व्यावसायीलाइ बजेटको कुनै समस्या छैन तर निर्माण व्यावसायीले काम सम्झौता गरेर निर्माणको कार्य अलपत्र पारेको कारण कर्णालीमा विकास नभएको मन्त्री बुढाले बताए । अव निर्माण व्यावसायीले काम गर्ने वातावरण बनि सकेको र काम सम्पन्न हुने कुरामा मन्त्रालय बिश्वस्त रहेको मन्त्री बुढाले दावी गरे ।
पछिल्लो समय मन्त्रालयले कर्णालीमा काम अलपत्र पार्ने निर्माण व्यासायीलाइ मन्त्रालयमै बोलाएर छलफल गरि रहेको छ । कर्णालीका दशवटै जिल्लाका निर्माण व्यावसायीहरुलाइ योजना अलपत्र नपारी काम गर्ने अन्तिम मौका दिएको हो । यदि अब तोकिएको समयमा काम नगरे कारवाही गरिने मन्त्रालयको चेतावनी छ ।
फ्याक्ट सञ्चार । २०८१ मङ्सिर १९ गते बुधवार