वहराताल गाउँपालिकाद्धारा घुम्ती पालिका शिविर सञ्चालन

सुर्खेत । बहराताल गाउँपालिकाले नागरिकलाई उनीहरुको घर दैलोमै पालिका सेवा प्रवाह गर्नेका लागि घुम्ती पालिका शिविर सञ्चालन गरेको छ ।

जनतालाई सहज होस् भन्दै पालिकाले घुम्ती पालिका शिविर सञ्चालन गरी वडा कार्यालयबाट पालिकाको सम्पूर्ण सेवा प्रवाह गरेको हो । घुम्ती शिविरको सुरुवात गदै पालिका अध्यक्ष भिम बहादुर भण्डारीले जनताको घर आगँनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुवात गरेको बताए ।

पालिकाका सबै वडामा गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरु पुगी भुगोललाई मध्यनजर गदै जनताको सहजताको लागि शिविर सञ्चालनमा ल्याएको अध्यक्ष भण्डारीले जानकारी दिए ।गाउँपालकिाले शुक्रवार घुम्ती पालिका शिविर सञ्चालन पालिकाको वडा नं‍‍‍‍ ३ सुकुरमालाबाट सुरुवात गरेको छ ।

वडा कार्यालयमा पालिकाका सबै शाखाहरुबाट हुने काम कारबाही वडाबाट प्रवाह गरेको हो । घुम्ती पालिका शिविरमा पालिकाले शाखा स्थापना गरी वडाका सेवाग्राहीलाई सेवा प्रवाह गरेको हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया