डोटी । डोटीको जोरायल गाउँपालिका–१, गैरा बजारमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
मंगलबार बिहान गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९१० नम्बरको ट्र्याक्टर भीमदत्त राजमार्गअन्तर्गत गैरा बजार नजिकै अनियन्त्रित भएर सडकबाट करिब १२० मिटर तल खसेको प्रहरीले जनाएको छ।
ट्र्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाएका थिए।
दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण तथा दुर्घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

फ्याक्ट सञ्चार । २०८३ असोज २० गते मङ्गलवार