सुर्खेत । सुर्खेतमा सहिद दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ ।
सुर्खेत महिला जेसीजको आयोजनामा वीरेन्द्रनगर सुर्खेतको भानु पार्क (डिएनपी)मा दीप प्रज्वलन गरिएको हो ।
माघ १६ गते सहिद दिवसको अवसरमा गरिएको दिप प्रज्वलनमा ज्ञात अज्ञात सहिदहरुप्रती श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
विभिन्न समयमा देश र जनताको लागि आफ्नो ज्यानको आहुती दिने सहिदहरुलाई सम्झदै दिप प्रज्वलन कार्यक्रममा सुर्खेत महिला जेसीज वर्ष २०२५ को अध्यक्ष कमला बस्यालले सहिदहरुको योगदानलाई सबैले सम्झनुपर्ने बताईन।
कार्यक्रममा सुर्खेत महिला जेसिसका संस्थापक अध्यक्ष सीमा चन्द, निवर्तमान अध्यक्ष मिना गुरुङ्ग लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
फ्याक्ट सञ्चार । २०८१ माघ १६ गते बुधवार