सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना मुगुमा भोलि (शनिबार) मात्रै सुरु हुने भएको छ।
भौगोलिक विकटता र मतपेटिका ढुवानीमा समय लाग्ने कारणले ढिला भएको हो । मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार जिल्लाका ७० मतदानस्थलमध्ये हालसम्म ४३ स्थानका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका छन् । बाँकी २६ मतपेटिका आज र दुई मतपेटिका भोलि सदरमुकाममा आइपुग्ने जनाइएको छ ।
उनका अनुसार सडक सञ्जालसँग जोडिन नसकेका केही मतदानस्थलबाट मतपेटिका सदरमुकाम आइपुग्न दुई दिन लाग्ने भएकाले मतगणनामा ढिलाइ हुने भएको हो ।

फ्याक्ट सञ्चार । २०८२ फाल्गुन २२ गते शुक्रवार