प्रचण्डले वर्तमान सरकारलाई भ्रष्टाचारीको बचाउकर्ता भन्दै आलोचना गरे

सुर्खेत । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको सरकारले अपारदर्शी रूपमा भ्रष्टाचारीलाई बचाउनलाई बनेको बताएका छन् ।मङ्गलवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, “यो सरकार अपारदर्शी र भ्रष्टाचारीलाई बचाउनका लागि बनेको हो ।
उनीहरूले जुन गलत गरेका छन्, हामी त्यसलाई चुपचाप हेरेर बस्न सक्दैनौँ ।” अहिलेको सरकार भ्रष्टहरूको सरकार भएको आरोप समेत लगाए । सरकारले हालै सदनको अवमूल्यन गर्दै अध्यादेश ल्याउनु गलत रहेको छ ।
यसलाई अस्वीकार गरेको भए पनि पारित हुने अवस्था छैन । दुई तिहाइको अहङ्कारलाई राष्ट्रिय सभाले धक्का दिएको छ र बहुमतको समर्थन नभएकाले सरकारको स्थिति कमजोर रहेको बताए ।
यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बिचमा पार्टी एकताका कुरा भइरहेको बताएका छन् । ‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो,।’ ‘समाजवादी मोर्चाका विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना रहेको छ ।’




फेसबुकबाट तपाईको प्रतिक्रिया