काठमाण्डौ । अफगानिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको गएराति निधन भएको छ । उनले नेपाल प्रिमियर लिग ९एनपिएल० मा समेत अम्पारिङ गरेका थिए ।
अफगानिस्तान क्रिकेट बोर्ड ९एसीबी० ले अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर शिनवारीको निधन भएको पुष्टि गरेको हो । एसीबीकाअनुसार शिनवारी लामो समयदेखि बिरामी रहेका थिए । ४१ वर्षको उमेरमा निधन भएका शिनवारीले ३४ एकदिवसीय र २६ वटा टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा अम्पायरको भूमिका निर्वाह गरिसकेका थिए ।

फ्याक्ट सञ्चार । २०८२ असार २४ गते मङ्गलवार