सल्यानमा गाडीको ढोकाबाट लड्दा एक यात्रुको मृत्यु

सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ बाङगिरामा गाडीको ढोकाबाट लडेर एक यात्रुको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुर्खेतको सिम्ता गाउँपालिका–५ का २८ वर्षीय गणेश बुढा रहेका छन्। बिहीबार साँझ करिब ६ बजे कर्णाली प्रदेश ०२००१ ख ०७९० नम्बरको फोर्स गाडीमा ढोकामा झुन्डिएर यात्रा गरिरहेका बुढा अचानक लडेका थिए।

गम्भीर घाइते अवस्थामा उनीलाई उपचारका लागि सुर्खेतस्थित मेहलकुना अस्पताल पुर्‍याइएको थियो। तर, अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त गाडी बाँकेको नेपालगन्ज हुँदै सुर्खेतको गोजीबजारतर्फ जाँदै थियो।

हाल गाडी चालक सिम्ता गाउँपालिका–५ का ४३ वर्षीय जिवराज गिरीसहित सवारीसाधन इलाका प्रहरी कार्यालय देवस्थलको नियन्त्रणमा रहेको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया