वीरेन्द्रनगरमा ‘सोफा होलसेल सुर्खेत’ सञ्चालनमा, १ करोडको लगानीमा गुणस्तरीय फर्निचर सेवा सुरु

सुर्खेत । नयाँ वर्ष २०८२ को अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा झन्डै एक करोड रुपैयाँको लगानीमा “सोफा होलसेल सुर्खेत”फर्निचर सोरूम सञ्चालनमा आएको छ।

सोमबार वीरेन्द्रनगर–३, एरिचोकमा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले उद्घाटन गरेसँगै “सोफा होलसेल सुर्खेत” सोरूम औपचारिक रूपमा सञ्चालनमा आएको हो।

सोरूमका सञ्चालक विमल आले मगरका अनुसार, स्थानीय स्तरमै रोजगारी सृजना गर्दै गुणस्तरीय र स्टाइलिस फर्निचर सेवा प्रदान गर्ने उद्देश्यसहित यो सोरूम सञ्चालनमा ल्याइएको हो। उनका अनुसार, ग्राहकको आवश्यकता र बजेट अनुसार विभिन्न डिजाइन र क्वालिटीका फर्निचर छनोट गर्न सकिनेछ।

सोफा सेटको मूल्य दश हजारदेखि एक लाख रुपैयाँसम्म तथा बेडको मूल्य १७ हजारदेखि ४५ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कँडेलले वीरेन्द्रनगरलाई व्यवसायिक गन्तव्य बनाउने उद्देश्यले सञ्चालक आलेले थालेको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै संघको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए।

सञ्चालक आलेले निकट भविष्यमा कस्टम अर्डरमा आधारित फर्निचर सेवा सुरु गर्ने योजना रहेको समेत बताए।




फेसबुकबाट तपाईको प्रतिक्रिया