दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः स्थगित

प्रदेश रङ्गशाला को वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला । १ अर्ब ४७ लाख ४७ हजार ६ सय रुपैँया लागतमा निर्माण हुन लागेको रङ्गशालामा १० औँ राष्ट्रिय

सुर्खेत । आगामी जेठमा आयोजना हुने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा नहुने भएको छ।

प्रतियोगिताको तयारीको विषयमा निर्णय गर्न शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले हालको तयारी र उपलब्ध समयले प्रतियोगिता जेठमा गर्न सम्भव नदेखिएको स्पष्ट पारेका छन्। यसअघि सरकारले प्रतियोगिता जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो।

तर, बिहीबार राखेप उपाध्यक्ष धु्रव आचार्यसहित एमाले निकट बोर्ड सदस्यहरूले मन्त्री चौधरीलाई भेटेर प्रतियोगिता तोकिएको समयमा आयोजना हुन नसक्ने जानकारी गराउँदै ध्यानाकर्षण गराएका थिए। त्यसपछि तयारीको अवस्थाबारे निर्णय गर्न शुक्रबार बोर्ड बैठक आह्वान गरिएको हो।

खेलकुदमन्त्री चौधरीले राष्ट्रिय प्रतियोगिता सञ्चालनसम्बन्धी निर्देशिका मिच्दै ११ वटा उपसमिति गठन गरेका थिए। यद्यपि, ती उपसमितिका संयोजक र सदस्यहरू नै प्रतियोगिता जेठमा सम्भव हुनेमा विश्वस्त थिएनन्। मन्त्री चौधरीले पदभार ग्रहण गरेपछि प्रतियोगिताको मिति तीनपटक सारिसकेका छन्।

अब प्रतियोगिता कहिले हुने भन्नेबारे थप निर्णय गर्न बाँकी छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया