सरकारद्वारा महँगी भत्ता ५ हजार पुर्‍याउने घोषणा, कर्मचारीहरुको तलब भने यथावत्

काठमाडौं, जेठ १५ । नेपाल सरकारले सरकारी कर्मचारीको महँगी भत्ता बढाएर ५ हजार रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन्।

यसअघि २ हजार रुपैयाँ रहेको महँगी भत्ता अब ३ हजारले वृद्धि भएर ५ हजार पुग्नेछ, तर तलब भने यसपटक नबढाइने स्पष्ट गरिएको छ।

सरकारको अनुसार दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको प्रभाव कम गर्न महँगी भत्ता बढाइएको हो। यो निर्णयले स्थायी, करार, अस्थायी सबै प्रकारका कर्मचारीलाई लाभ पुग्नेछ।




फेसबुकबाट तपाईको प्रतिक्रिया