दशौँ राष्ट्रिय खेलकुद संचालनका लागि ५४ करोड बजेट विनियोजन

प्रदेश रङ्गशाला को वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला । १ अर्ब ४७ लाख ४७ हजार ६ सय रुपैँया लागतमा निर्माण हुन लागेको रङ्गशालामा १० औँ राष्ट्रिय

सुर्खेत। आगामी आर्थिक वर्ष २०८२ ०८३ को बजेटमार्फत दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा हुने भएको छ। प्रतियोगिता संचालनका लागि सरकारले ५४ करोड रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै जानकारी गराएका हुन्। उनले राष्ट्रिय खेलकुदको प्रवर्द्धन, खेल क्षेत्रको पूर्वाधार विकास र स्थानीय सहभागिता बढाउने उद्देश्यले प्रतियोगिता सुर्खेतमा गर्ने निर्णय गरिएको बताए।

यसअघि नवौँ राष्ट्रिय खेलकुद २०७९ सालमा पोखरामा सम्पन्न भएको थियो।




फेसबुकबाट तपाईको प्रतिक्रिया